Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मौसम

आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ?

  • काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ । कोशी र लुम्बिनी प्रदेशलगायत बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । 

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ।  कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

    AGNI GROUP

    आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने तथा  गण्डकी प्रदेशको तराई तथा बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने सम्भावना छ। 

    सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा कोशी प्रदेशको  पहाडी र हिमाली भू-भाग लगायत गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij