Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सल्यानमा ग्यास पाउँदैनन् उपभोक्त, व्यवसायी भन्छन्-माग बढ्दा समस्या

सल्यानमा ग्यास पाउँदैनन् उपभोक्त, व्यवसायी भन्छन्-माग बढ्दा समस्या

  • काठमाडौँ । सल्यानमा खाना पकाउने ग्यास अभाव भएको छ । पछिल्लो एक सातादेखि जिल्ला सदरमुकाम खलंगा, श्रीनगर लगायतका बजार क्षेत्रमा सहज रुपमा ग्यास पाउन छाडेको छ ।

    onlinepatrika
    Arghakhachi

    बजारमा ग्यास आएको खबर फैलिनासाथ पसलमा भीड लाग्ने गरेको छ । तर सीमित आपूर्तिका कारण धेरैजसो उपभोक्ता रित्तै फर्किनुपर्ने अवस्था छ । कतिपयले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हो कि भन्ने आशंका समेत व्यक्त गर्न थालेका छन् ।

    AGNI GROUP

    स्थानीय उपभोक्ता टिका बुढाथोकीले केही दिनयता ग्यासको खोजीमा बजार धाउँदा पनि सहज रूपमा नपाइने अवस्था बनेको बताइन् । बजारमा ग्यास आएको खबर सुन्नासाथ पसलमा पुग्दा समेत ‘सकिइसक्यो’ भन्ने जवाफ सुन्नुपरेको उनी बताउँछिन् ।

    ग्यास बिक्रेताहरू भने आपूर्ति कम भएकाले समस्या देखिएको दाबी गर्छन् । बिक्रेता धर्मराज योगीले पहिलेको तुलनामा हाल कम्पनीबाटै थोरै ग्यास आउने गरेकाले मागअनुसार वितरण गर्न नसकिएको बताए । ‘हामीसँग भएको सबै सकियो, कम्पनीले पर्याप्त उपलब्ध गराएको छैन । माग गरेको पनि पाउन सकिएको छैन, त्यसैले सबैलाई वितरण गर्न समस्या भएको छ,’ उनले भने।

    उपभोक्ता अधिकारकर्मी रामचन्द्र रेग्मीले यस्तो अवस्थामा कालोबजारी हुन सक्ने जोखिम औंल्याउँदै बजार अनुगमन कडाइ गर्नुपर्ने बताए । ‘अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने प्रवृत्ति रोक्न प्रशासन सक्रिय हुनुपर्छ,’ उनले भने ।

    कालोबजारी गरेको पाइए कारबाही हुन्छ : प्रशासन

    सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले ग्यास अभावबारे जानकारी आएको र बजार अनुगमन तथा आपूर्ति व्यवस्थापनमा समन्वय भइरहेको बताए । कालोबजारी गरेको पाइए कडा कारबाही हुने उनले चेतावनी दिए ।

    ‘ग्यास अभावको गुनासो आइरहेको छ । बजार अनुगमन तथा आपूर्ति व्यवस्थापनमा समन्वय भइरहेको छ’ उनले भने, ‘कृत्रिम अभाव वा कालोबजारी गरेको पाइए कडा कारबाही हुन्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij