Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

  • काठमाडौं । खोटाङमा हेलीकोप्टर दुर्घटना भएको छ । चैत ४ गते केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलीकोप्टर दुर्घटना भएको हो । काठमाडौंबाट लास बोकेर गाउँ पुगेको हेलीकोप्टर दुर्घटनामा परेको हो ।

    onlinepatrika
    Arghakhachi

    मानवीय क्षती नभएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताइन् । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्याण्ड गर्नेक्रममा दुर्घटना भएको हो ।

    AGNI GROUP

    सुरुमा डिलमा ल्याण्ड हुन लागेको हेलीकोप्टरलाई उठाएर बारीको बिचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij