Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पार्टीका सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी नहुने भएका छन् । पार्टीका नेता एवं नवनिर्वाचित सांसद गणेश पराजुलीले स्वास्थ्य अवस्था असहज भएकाले वरिष्ठ नेता साह कार्यक्रममा उपस्थिति हुने टुङ्गो नलागेको प्रतिक्रिया दिएका हुन् ।
उनले सभापति रवि लामिछाने भने अभिमुखीकरण कार्यक्रममा सहभागी हुने बताए । सभापति लामिछानेको स्वास्थ्यमा सुधार आएकाले कार्यक्रममा सहभागी हुने सुनिश्चित भएको सांसद पराजुलीको भनाई थियो ।
उनले भने ‘यतिखेर सभापतिजी पनि अस्वस्थ हुनुहुन्छ । र उहाँको स्वास्थ्य सुधार भइराखेको छ भने वरिष्ठ नेताज्यूमा पनि स्वास्थ्य समस्या आइरहेको हुँदै गर्दा उहाँहरू हिजो देखिनै यहाँ आउन सक्नु भएको छैन । यद्यपि आज अलि सन्चो भएको खण्डमा आइपुग्ने भन्ने कुरा छ । सभापतिजीको स्वास्थ्य सुधार भएको र उहाँ आउँदै हुनुहुन्छ । वरिष्ठ नेताज्यूको स्वास्थ्य अस्वस्थ असहजता भइरहेको जानकारी छ । यद्यपि उहाँहरूले यो कार्यक्रममा सहभागी हुनुपर्ने होइन र भन्ने प्रश्न जायज छ । भइरहेको भन्ने जानकारी छ।’
सांसद पराजुलीले आफूहरूले मुलुकमा सुशासन स्थापित गराउन केन्द्रित भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij