Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सीताराम गोकुल मिल्क्सद्वारा उत्पादन गरेको सीताराम ब्राण्डको ‘कृष्णा स्टाण्डर्ड’ दुध बिक्री वितरणमा रोक लगाएको छ ।
सोमबार गरिएको अनुगमनका क्रममा प्रशोधित दुधका लागि नेपाल सरकारले तोकेको न्यूनतम अनिवार्य गुणस्तर मापदण्डभन्दा कम गुणस्तर पाइएपछि विभागले उक्त उत्पादनमा रोक लगाएको हो।
नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार प्रशोधित दुधमा चिल्लो पदार्थ कम्तीमा ३।० प्रतिशत हुनुपर्ने व्यवस्था छ। तर उद्योगको लगबुकमा उत्पादन मिति २०८२–१२–०२, ब्याच नं.२८६१० रहेको सो दुधमा चिल्लो पदार्थ १.४ प्रतिशत मात्र रहेको उल्लेख छ ।
उक्त ब्याचको दुध उत्पादन भई बिक्री–वितरणका लागि कोल्ड स्टोरमा तयारी अवस्थामा रहेको थियो। उद्योगको प्रयोगशालामा गरिएको परीक्षणबाट समेत दुधमा चिल्लो पदार्थको मात्रा मापदण्डभन्दा कम पाइएको विभागकी प्रवक्ता डा। बालकुमारी शर्माले जानकारी दिइन्।
उनका अनुसार, बिक्रीका लागि तयारी अवस्थामा रहेको ५१९ क्रेट ९ प्रति क्रेट ५०० मिलिलिटरका २० पोका० प्रशोधित दुधलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३३ बमोजिम बिक्री–वितरण नगर्न निर्देशन दिँदै रोक्का राखिएको छ।
थप अनुसन्धानका लागि उक्त ब्याचको दुधको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको विभागले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij