Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

फुटपाथ खाली गराउन मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा

फुटपाथ खाली गराउन मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा

  • काठमाडौं । जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिएका छन्। जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्यसंघ, धनुषा प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनुषाको समन्वयमा गृहमन्त्री महतो बुधबार विहानैदेखि सडक खाली गराउँदै हिँडेका छन्।

    onlinepatrika
    Arghakhachi

    पर्यटकीय नगरीको रुपमा विकास गर्ने लक्ष्यसहित मधेश प्रदेश सरकारले विभिन्न सरसफाई र साैन्दर्यीकरणका कामहरु अगाडि बढाउने प्रयासतहत गृहमन्त्री महतोले पहिलो चरणमा जनकपुरधामको मठमन्दिर क्षेत्रहरु खाली गराउने उद्येश्यका साथ आफूसहितको टोलीले आज फुटपाथमा व्यवसायी गर्दै आएकाहरुलाई अन्त सर्न अनुरोध गरेका जानकारी दिए।

    AGNI GROUP

    उनले एकल प्रयासले परिवर्तन सम्भव नहुने बताउँदै सम्पूर्ण स्थानीयवासी, व्यवसायी, नागरिक समाजलाई मिलेर जनकपुरधामको परिवर्तनका लागि साथ दिन अनुरोध गरे।

    गृहमन्त्री महतोले जनकपुरधामलाई स्वच्छ, व्यवस्थित, सफा बनाउन व्यवसायीहरुलाई आज पहिलो दिन हात जोडेर आग्रह गरेका छन्। उनले भोली प्रान्त फेरि कुनै व्यवसायीले सडकपेटीमा कुनै किसिमको बाटो जाम गरी व्यापार गरिरहेको पाएमा जनकपुरधाम उपमहानगरपालिकामा सामानसहित बुझाउने चेतावनी दिए।

    यहा उद्योग वाणिज्य संघ, जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले हाल सडकपेटीमा व्यवसाय गर्दै आएकाहरुलाई जनकपुरधामको बाह्रविघा मैदानमा पसल लगाउने वातावरण मिलाएको बताए।

    उनले अर्को निर्णय नभएसम्म बाह्रविघा मैदानमा व्यवसायीहरुले आफ्नो ठेला, स्टल लगाउन सक्ने र पछि सर्वपक्षिय निर्णय अनुसार अन्य ठाउँ दिने जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij