Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

न्यायप्रणाली लयमा फर्किएको छ: प्रधानन्यायाधीश राउत

न्यायप्रणाली लयमा फर्किएको छ: प्रधानन्यायाधीश राउत

  • काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएकाले न्यायप्रणाली विस्तारै लयमा फर्किएको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    उनले आज बाँकेका कानुन व्यवसायीसँग छलफल गर्दै न्यायिक सुशासन, जलेका मिसिलको व्यवस्थापन, तथा न्यायालयप्रतिको दृष्टिकोण सुधारलगायत विषयमा धारणा व्यक्त गरे। प्रधानन्यायाधीश राउतले जेनजी आन्दोलनपछि जलेका मिसिलको व्यवस्थापन र न्याय क्षेत्रमा पुनःप्रेरणा प्रदान गर्ने विषयलाई प्राथमिकता दिइएको बताए ।

    AGNI GROUP

    उनले सर्वोच्च अदालतमा करिब २० हजार मिसिल जलेको अवस्थामा हालसम्म १९ हजार मिसिल कायम भएको जानकारी दिँदै मोफसलका अदालतमा जलेका मिसिलको पुनःतयारीका लागि केन्द्रबाट महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय भइरहेको बताए । 

    अदालत राम्रोसँग सञ्चालन भए कानुन व्यवसायी पनि सन्तुष्ट हुने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले मिसिल पुनःस्थापना र न्याय सम्पादनमा सहयोग पुर्‍याउन कानुन व्यवसायीलाई आग्रह गरे । 

    बदलिँदो सन्दर्भमा अदालत मात्र होइन, न्यायालयलाई हेर्ने दृष्टिकोण किन नकारात्मक बने भन्ने प्रश्नमा गम्भीर हुनुपर्ने उनको भनाइ थियो। 

    न्यायिक सुशासनका सवालमा कानुन व्यवसायीले उठाएका जिज्ञासाको सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले अदालतसँगै कानुन व्यवसायीले पनि आफ्नो वकालतको प्रकृति समयअनुसार रूपान्तरण गर्नुपर्ने बताए । 

    बाँकेका कानुन व्यवसायीहरूले अहिलेसम्म मुद्दाका मिसिल कायम नभएको कारण सुनुवाइ ढिलाइ भएको, बालबालिकासम्बन्धी मुद्दाको सुनुवाइ प्रभावित भएको, तथा न्यायका उपभोक्ताको सहज पहुँचमा समस्या परेको विषय उठाएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij