Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

‘सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण : साइबर सुरक्षा नेतृत्व निर्माण’

साइबर सुरक्षामा महिला नेतृत्व विकासका लागि विशेष कार्यक्रम आयोजना हुँदै

साइबर सुरक्षामा महिला नेतृत्व विकासका लागि विशेष कार्यक्रम आयोजना हुँदै

  • काठमाडौं । डिजिटल प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षामा विविध र समावेशी नेतृत्वको आवश्यकता बढ्दै गइरहेका बेला महिला सशक्तीकरणमा केन्द्रित एक विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    क्यान महासंघ सफ्टवेयर समितिले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई नेपाल) र इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट)सँगको सहकार्यमा ‘सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण : साइबर सुरक्षा नेतृत्व निर्माण’ शीर्षकको कार्यक्रम आयोजना गर्न लागेको हो । सिफलस्थित टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीमा आयोजना हुने कार्यक्रम चैत ५ गते बिहीबार हुनेछ ।

    AGNI GROUP

    कार्यक्रमको मुख्य उद्देश्य प्रविधि क्षेत्रमा रहेको लैंगिक खाडललाई कम गर्नुका साथै नेपाली महिलाहरूलाई साइबर सुरक्षाको क्षेत्रमा नेतृत्वदायी भूमिकाका लागि प्रोत्साहित गर्नु रहेको आयोजकले जनाएको छ ।

    आयोजकका अनुसार, यस कार्यक्रमले नेपालको डिजिटल रूपान्तरण यात्रामा महिलाहरूको सहभागिता र नेतृत्वलाई सुदृढ बनाउँदै सुरक्षित डिजिटल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij