Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

साथीहरूसँग रारा घुम्न गएकी काठमाडौंकी सदीक्षाको मृत्यु

साथीहरूसँग रारा घुम्न गएकी काठमाडौंकी सदीक्षाको मृत्यु

  • काठमाडौं । मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार घिमिरेको शुक्रबार बिहान ७:२५ बजे जिल्ला अस्पताल मुगुमा निधन भएको हो।

    AGNI GROUP

    घिमिरे चैत ३ गते आफ्ना दुई साथी शिशिर कोइराला (३३) र विशाल सुवेदी (२६) सँग रारा ताल घुम्न मुगु पुगेकी थिइन् । उनीहरू तीनैजना रारा क्षेत्रको सल्लेरीमा रहेको ‘डाँफे’ होटलमा बस्दै आएका थिए।

    भ्रमणकै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो । तर, उपचारकै क्रममा उनको ज्यान गएको हो। प्रहरीका अनुसार उनलाई लेक लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

    यद्यपि मृत्युको यथार्थ कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डा. निर्मल नगरकोटीले जानकारी दिएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij