Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । गाडी चलाउँदा चलाउँदै गाडीभित्रै बेहोस भएका चालक योगेश धिमालको निधन भएको छ । बिहीबार बेलुकी झापाको कमल गाउँपालिका- ५, सीतापुरीमा उनी बेहोस भएका थिए । दमकस्थित निम्स अस्पताल पुर्याउँदा मृत घोषित भए ।
उनी प्रदेश नं.१–०४–००१ च ००८० नम्बरको स्कोर्पियो चलाएर बिहीबार साँझ करिब ६-७ बजेको समयमा झापाको बिर्तामोडबाट मोरङ जाँदै थिए । ४५ वर्षीय उनी पथरी ९ निवासी हुन् । गाडी चलाउँदा छातीमा असहज भएपछि गाडी साइड लगाएका थिए । त्यसपछि बेहोस भए । गाडीका यात्रुले पटकपटक बोलाएको उनले नसुनेपछि अस्पताल लगेका थिए ।
मृत्युको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij