Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालमा ड्रोन एभिएसनमा स्नातकोत्तर तहको अध्ययन

नेपालमा ड्रोन एभिएसनमा स्नातकोत्तर तहको अध्ययन

  • काठमाडौं । नेपालको शैक्षिक इतिहासमा पहिलो पटक ‘ड्रोन एभिएसन’ विषयमा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो व्यवहारिक विज्ञान संकाय अन्तर्गत ‘मास्टर्स इन ड्रोन एभिएसन’ कार्यक्रम ल्याएको हो।

    onlinepatrika
    Arghakhachi

    नेपालमा यसअघि ड्रोन वा मानवरहित विमान प्रणालीसँग सम्बन्धित यस्तो उच्च तहको शैक्षिक कार्यक्रम स्नातक तहमा समेत उपलब्ध थिएन। यस कार्यक्रमको पाठ्यक्रम निर्माणमा नेपालका विज्ञहरूसहित चीन, थाइल्याण्ड र भियतनामका विभिन्न विश्वविद्यालयका विशेषज्ञहरू संलग्न रहेका छन्।

    AGNI GROUP

    पाठ्यक्रम विकासमा संलग्न विज्ञ एवंम प्राध्यापक प्रविण भट्टराईका अनुसार, यसमा अबुधाबीका एरोनटिकल इन्जिनियर र भारतको मद्रास इन्टिच्युट अफ टेक्नोलोजीमा कार्यरत विज्ञहरूको समेत योगदान रहेको छ।

    नेपालको भौगोलिक जटिलतालाई मध्यनजर गर्दै ड्रोन प्रविधि अत्यन्तै सान्दर्भिक रहेको भट्टराई बताउँछन्। उनका अनुसार यस कोर्सको अध्ययनले मुख्यतया लजिस्टिक र ढुवानी, डाटा सुरक्षा र सार्वभौमसत्ता, पर्यटन र म्यापिङ, रोजगारी र स्टार्टअप क्षेत्रमा काम गर्न सक्दछ।

    ड्रोनको व्यावसायिक प्रयोग विशेषगरी विकट क्षेत्रमा औषधि, खाद्यान्न र अन्य कार्गो ढुवानीका लागि जिआईएस म्यापिङ, सर्भे र पर्यटन प्रवद्र्धनमा ड्रोनको प्रयोग गरी अनुसन्धानमूलक कार्यहरू गर्न सकिने भट्टराईले जनाएका छन्।

    उनका अनसार हाल नेपालमा प्रयोग भइरहेका विदेशी ड्रोनहरूको ‘ब्रेन’ (फ्लाइट कन्ट्रोलर) विदेशी कम्पनीहरूकै नियन्त्रणमा रहने भएकाले संवेदनशील क्षेत्रको डाटा सुरक्षामा जोखिम छ । नेपालमै ड्रोन निर्माण र सफ्टवेयर विकास गर्न सक्ने जनशक्ति तयार भएमा राष्ट्रिय सुरक्षा र सैन्य प्रयोजनमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ।

    म्यापिङ, सर्भे र पर्यटन प्रवद्र्धनमा ड्रोनको प्रयोग गरी अनुसन्धानमूलक कार्यहरू गर्नपनि ड्रोन सम्बन्धी अध्ययन आवश्यक रहेको उनको भनाई छ। ‘मेक इन नेपाल’ अवधारणा अन्तर्गत आफ्नै ड्रोन उत्पादन र व्यावसायिक सञ्चालनका लागि दक्ष जनशक्ति तयार गर्न आवश्यक रहेको उनले जानकारी दिए।

    विश्वविद्यालयले यस कार्यक्रमका लागि भर्ना खुला गरिसकेको छ । सुरुवाती चरणमा एउटा कक्षामा २० जना विद्यार्थीको कोटा निर्धारण गरिएको छ। इन्जिनियरिङ, एभिएसन, म्यानेजमेन्ट वा अन्य विधामा स्नातक गरेका र ड्रोन प्रविधिमा रुचि भएका विद्यार्थीहरूले यसमा आवेदन दिन सक्ने उनले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट