Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन सुरक्षामा खटिएका ६९ प्रहरी पुरस्कृत

निर्वाचन सुरक्षामा खटिएका ६९ प्रहरी पुरस्कृत

  • काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुशलताका साथ सुरक्षाकार्य सम्पादन गर्ने ६९ प्रहरीलाई आईजी दानबहादुर कार्कीले पुरस्कृत गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय निर्वाचन सेलका प्रमुखको जिम्मेवारीमा रहेका एआईजी उमाप्रसाद चतुर्वेदी र उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका एआईजी ईश्वर कार्की, एसएसपीहरु दयानिधी ज्ञवाली, सुवासचन्द्र बोहरालगायतका अधिकृत पुरस्कृत भएका हुन् ।

    AGNI GROUP

    प्रधान कार्यालयस्थित कार्य विभागका डीआईजी अरुण पौडेल, ७ प्रदेश प्रदेशका डीआईजीहरु पनि पुरस्कृत भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरू पुरस्कृत भएका हुन् ।

    पुरस्कृत हुनेमा पोखरास्थित तालिम केन्द्रका एसएसपी जनार्दन जिसी र विपद् प्रतिकार्य तथा तालिम केन्द्रका एसएसपी सन्तोषकुमार भट्टराई छन् ।

    पर्साको निर्वाचन सुरक्षामा खटिएका एसपी नरेशराज सुवेदी, सुर्खेतका एसपी सुधिरराज शाही, बाँकेका एसपी अंगुर जिसी, झापाकी एसपी बसुन्धारा खड्का, चितवनका एसपी गोविन्द पुरी, सिरहाका एसपी बासुदेब पाठक, डीएसपीद्वय कौशलकुमार बुढाथोकी र द्वारिका घिमिरे पनि पुरस्कृत भए । उनीहरूलाई १ हजार ९ सय देखि २ हजार ५ सयसम्म नगद पुरस्कार प्रदान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij