Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

‘जातीय विभेद उन्मुलन गर्न सोचमा परिवर्तन आवश्यक’

‘जातीय विभेद उन्मुलन गर्न सोचमा परिवर्तन आवश्यक’

  • काठमाडौं । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजयप्रसाद तिमिल्सिनाले जातीय विभेद उन्मुलन गर्न सबैको सोचमा परिवर्तन हुन आवश्यक रहेकोमा जोड दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    ‘६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’ को अवसरमा लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा शनिबार आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रियालाई सम्बोधन गर्दै तिमिल्सिनाले सबैको सोचमा परिवर्तन नआउँदा सम्म जातीय विभेद उन्मुलन गर्न कठिन हुने बताए।

    AGNI GROUP

    ‘जातीय विभेद हुनुमा हाम्रो सोचको कमजोरी हो, सोचलाई बदल्न आवश्यक छ, सङ्घर्ष आफैबाट सुरु गरेर सङ्घर्षलाई परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘हामीले समाजलाई रूपान्तरण गर्नका लागि सोचमा परिवर्तन गरौं।’

    पहिलेको तुलनामा अहिले केही परिवर्तन भएपनि अझै पूर्ण रुपमा सोच बद्लिन नसकेको मन्त्री तिमिल्सिनाको भनाइ छ।

    ‘हाम्रो समाजको धरातल हामीले बिर्सियौं भने कम्तीमा पनि आफ्नो धरातललाई साथमा राखेर अगाडी बढ्यौं भने कल्पना गरेको पुरा हुनेछ,’ उनले सुनाए। जातीय विभेद कस्तो हुन्छ भन्ने कुरा पीडा भोगेको मान्छेलाई मात्र थाहा हुने मन्त्री तिमिल्सिनाले बताए।

    ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विशिष्ट अतिथि एवम् लुम्बिनी प्रदेश सभाका सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली (सार्की), प्रदेश सांसद सुशिला नेपाली (वादी), राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्धारिका अधिकारी, मन्त्रालयका उपसचिव ऋषिराज शर्मा, वरिष्ठ महिला विकास अधिकृत सम्झना सुवेदी लगायतले जातीय विभेद उन्मुलनबारे आफ्नो धारणा राखेका थिए।

    कार्यक्रममा दलित समुदायका अगुवा तोजिन्द्र विकले जातीय विभेद अन्त्यका लागि प्रदेश सरकार र सरोकारवालाको भूमिका विषयक प्रस्तुतीकरण गरेका थिए।

    उक्त दिवसलाई सरकारी स्तरबाट नेपालगन्जमा पहिलो पटक मनाइएको हो। दिवसलाई विगतका वर्षमा गैरसरकारी संस्थाले मात्र मनाउँदै आएकोमा पहिलो पटक सरकारी स्तरबाट मनाइएको दलित अधिकारकर्मीले बताएका छन्।

    सरकारी स्तरबाट दिवस मनाउन प्रदेश सरकारले सुरुवात गरेको उनीहरूको भनाइ छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij