Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

धुलिखेल खावा सडकखण्ड

राति सवारीसाधन चलाउन रोक

राति सवारीसाधन चलाउन रोक

  • काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेलदेखि खावा खण्डमा राति सवारीसाधन चलाउन रोक लगाइएको छ।

    onlinepatrika
    Arghakhachi

    सडक डिभिजन कार्यालय भक्तपुरले यस खण्डमा कालोपत्रे गर्ने काम भइरहेकाले यही चैत २० गतेसम्म साँझ ६ देखि बिहान ५ बजेसम्म ठूला चारपाङ्ग्रे सवारीसाधन चलाउन रोक लगाइएको जानकारी दिएको छ ।

    AGNI GROUP

    डिभिजन कार्यालयले भनेको छ–

    अरनिको राजमार्गको धुलिखेल देखि खावा खण्डमा मिति २०८२/१२/०७ गतेदेखि सडक कालोपत्रे गर्ने काम शुरु हुने सन्दर्भमा मिति २०८२/११/२९ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको बैठकको निर्णयानुसार मिति २०८२/१२/०७ गते देखि २०८२/१२/२० गतेसम्म उक्त सडक खण्ड भएर संचालन हुने सवारी साधनहरुको हकमा देहाय अनुसार हुने भएको हुँदा बैकल्पिक मार्ग प्रयोग गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । उक्त अवधिमा ठूला चारपाङ्ग्रे सवारी साधनहरु (बस समेत) साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म संचालन नहुने साथै मिति २०८२/१२/०७ गतेदेखि २०८२/१२/२० गतेसम्म टिपररट्रकहरु (पास लिएका समेत) चौबिसै घण्टा संचालन नहुने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij