Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय परिचय पत्र लिन अब सहज

प्रेमको अड्डामा मुस्कुराउँदै ओमको आगमन

प्रेमको अड्डामा मुस्कुराउँदै ओमको आगमन

  • काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्न नपर्ने व्यवस्था गरेको छ । केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआवद्धता गर्दै आवेदन फारामसहित बायोमेट्रिक विवरणका लागि जानुपर्ने अवस्थाको अन्त्य गरिएको मन्त्रालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसैबीच, आइतबार दिउँसो गृहमन्त्री ओम प्रकाश अर्यालले ललितपुर जिल्ला प्रशासन कार्यालय पुगेर नयाँ व्यवस्थाको निरिक्षण गरे । सो क्रममा मन्त्री अर्यालले समान प्रकृतिका विवरणहरूको लागि समेत फरक फरक निकायका फरक फरक फाराम भर्नुपर्ने अवस्थालाई क्रमश अन्त्य गर्दै जाने र नागरिकमैत्री सेवा उपलब्ध गराउने मुख्य उद्देश्य रहेको उनले बताए । 

    AGNI GROUP

    जिल्ला प्रशासन पुग्दा गृहमन्त्रीसँगै गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलगायत सरकारी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले गृहमन्त्रीबाट सेवाग्राहीलाई हरेक सेवामा सहज बनाउने निर्देशन भएको बताउनुभयो । 

     

    ddd.png
    undefined

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट