Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दिउँसै चोरी

हतियारसहित दुई पक्राउ, लाखौँका गरगहना बरामद

हतियारसहित दुई पक्राउ, लाखौँका गरगहना बरामद

  • काठमाडौं । चोरीको सुन चाँदीका गरगहना, नगदलगायत धारिलो हतियारसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका २ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली, गौरीगंगा नगरपालिका २ घर भएका २६ वर्षीय निरज सापकोटा रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शनिबार काठमाडौंको कालोपुल लामा गल्लीस्थित एक घरमा कोठा डेरा गरी बस्ने व्यक्तिको डेरा कोठामा काठको दराजभित्र रहेको अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गहना तथा सामाग्री र भारु १०,००० तथा नेपाली रुपैयाँ ४५,००० चोरी भएको थियो ।

    AGNI GROUP

    प्रहरी टोलीले आज उक्त चोरीको घटनामा संलग्न २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    उनीहरुको साथबाट सुनको तिलहरी ,सिक्री नेक्लेस, बाला, झुम्का, नौगेडी, जन्तर,फुली, चाँदकिो बाला, थाली, पाउजु, औठी र चुरा बरामद गरेको छ ।

    साथै उनीहरुको साथबाट धारिलो हतियार खुकुरी,फलामको रड, बिँड सहित २।८ फिट लम्बाइ भएको तरबार बरामद गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

    प्रहरीले २ लाख ४९ हजार पैसा पनि बरामद भएको छ । चोरी गर्दा प्रयोग भएको होण्डा कम्पनीको स्कुटर पनि प्रहरीले बरामद गरेको उनले बताए । थप अनुसन्धान भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij