Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । जेनजी आन्दोलन क्रममा भागेका एक थुनुवा पक्राउ परेका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का १८ वर्षीय गोविन्द थापा आइतबार बेलुकी ५ बजेतिर पक्राउ परेका हुन्।
सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार गोविन्द वीरेन्द्रनगर–९ स्थित लाटीकोइलीबाट पक्राउ परेका थिए।
जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले गोविन्दलाई पक्राउ गरेको डिएसपी मोहनजंगले बताए।
गोविन्द भदौ २४ गते बाँकेको नौंबस्तास्थित बालसुधार गृहबाट भागेका थिए। उनलाई नियन्त्रणपछि फेरि सोही सुधार गृहमा पठाउने तयारी गरिएको डिएसपी मोहनजंगले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij