Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । जेसीआई नेपालद्वारा आयोजना गरिएको २०२६ राष्ट्रिय काउन्सिलर एकेडेमी पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। पोखरा जेसीजको आतिथ्यतामा आयोजित उक्त कार्यक्रम राष्ट्रिय अध्यक्ष जीवन कार्कीको अध्यक्षीय प्रकरण Aim Act Achieve तथा ‘प्रोजेक्ट संकल्प २०२६’ अनुरूप सञ्चालन गरिएको थियो।
एकेडेमीमा देशभरका १६७ शाखाबाट काउन्सिलरहरू तथा सन् २०२६ का राष्ट्रिय पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी युवाहरूलाई अध्यक्ष कार्कीले ‘प्रोजेक्ट संकल्प २०२६’ र आफ्नो नेतृत्व अवधारणालाई व्यवहारमा रूपान्तरण गर्दै व्यक्तिगत तथा सामाजिक जीवनमा सफलता हासिल गर्न प्रेरित गरे।
उद्घाटन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री मा सुरेन्द्रराज पाण्डेले युवाहरूलाई सही दिशामा नेतृत्व गर्दै समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। विशेष अतिथिहरूमा कास्की का प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराम लमिछाने तथा मोती तिमिल्सिना सहभागी थियो।
कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर लालमणि भण्डारीले प्रमुख चिफ पाइलट को भूमिका निर्वाह गरे। त्यसैगरी, प्रशिक्षकका रूपमा राजबाबु शाह, विकलप्रसाद शेरचन , तीर्थ पौडेल, किरण केसी तथा महेश्वर गिरीले विभिन्न नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा २ दिन सम्म प्रशिक्षण भएको थियो।
एकेडेमी अन्तर्गत नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि तथा सञ्जाल विस्तारसँग सम्बन्धित विविध सत्रहरू सञ्चालन गरिएका थिए। सहभागीहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गर्नुका साथै ‘प्रोजेक्ट संकल्प २०२६’ अन्तर्गत Aim Act Achieve “विषयमा ‘संकल्प पुरस्कार’ समेत वितरण गरिएको थियो।
समग्रमा, उक्त एकेडेमीले युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि, आपसी समन्वय र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij