Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

साउन यता १७ गैँडा मरे

साउन यता १७ गैँडा मरे

  • काठमाडौं । चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैँडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा र १८ वटा चित्तल मरेका छन् ।

    AGNI GROUP

    चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २र२ वटा, अजिङ्गर, सुन गोहोरो १र१ वटा र अन्य वन्यजन्तु ४ वटा मरेका छन् । ती वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन् ।

    ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेर लगायत कारण मरेका हुन् । यस आर्थिक वर्षमा सचेतनासँगै सामाजिक रूपमा जागेको भावनाका कारण चोरी सिकारीको निशानाबाट वन्यजन्तु जोगाउन सकिएको उनले बताए ।

    समुदाय स्तरमा संरक्षणको चेतना बढेसँगै वन्यजन्तुको चोरी सिकारी न्यूनीकरणमा सहयोग पुगेको उनले बताए । गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij