Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अर्थविद् आचार्यको निधन

अर्थविद् आचार्यको निधन

  • काठमाडौं । अर्थविद् केशव आचार्यको निधन भएको छ। केही दिनयता अस्वस्थ रहेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो।

    onlinepatrika
    Arghakhachi

    उनी नेपालको आर्थिक नीतिनिर्माणमा चासो राख्ने तथा समालोचनात्मक विश्लेषण राख्ने गर्थे।

    AGNI GROUP

    नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएपछि उनले नेपालको अर्थतन्त्रको सूक्ष्म विश्लेषण तथा अध्ययन अनुसन्धानमा सक्रिय रहेका थिए। आचार्य २०३४ सालमा राष्ट्र बैंकमा प्रवेश गरेको उनका सहकर्मी तथा पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्री बताउँछन्।

    क्षेत्रीले भने, ‘म उहाँलाई दुई पटकसम्म भेट्न अस्पताल पनि गएको थिएँ, मिराकल हुने आशा गरेका थियौँ तर दुस्खद खबर पायौँ।’

    उनका अनुसार आचार्यकी छोरी अमेरिकामा रहेकी छिन् । छोरी आइसकेपछि मात्र दाहसंस्कार हुनेछ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएकोमा सोमबार निधन भएको हो।

    उनका श्रीमती, एक छोरा र छोरी छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij