Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । बाजुराबाट हेलिकोप्टरमार्फत उद्वार गरिएकी महिलाको मृत्यु भएको छ । यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो।
एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्युको खवरले स्तव्ध बनाएको हो । उनको र नवजात शिशुको उपचारको क्रममा शनिवार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । बाँच्ने आशामा हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुरता र उनको नवजात शिशुको अन्ततः ज्यान गएको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij