Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आज चैती छठ मनाइँदै

आज चैती छठ मनाइँदै

  • काठमाडौं । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको मूल विधिअनुसार आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात् दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत् समापन हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    जनकपुरधामको गंगासागर र अर्गजासरमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यसपटक पनि चैती छठका लागि गंगासागर र अर्गजासर दुलहीझैँ सजाइएको छ ।

    AGNI GROUP

    चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग नलाग्ने जनविश्वास छ ।

    चार दिनसम्म अत्यन्त नियम र निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सक्खरमा पकाइएको खिर मात्र खाइन्छ । तेस्रो दिन अर्थात् षष्ठी तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा स्नान गरी उभिएर अर्घ्य दिइन्छ ।

    आज सूर्य अस्ताउनुभन्दा एक घण्टा अघिदेखि नै व्रतालुहरू जलाशयमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै दिनानाथलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा ठेकुवा, भुसुवा, मुला, उखु, भण्टा, केरा, नरिवल लगायतका सामग्री प्रसादका रूपमा चढाइन्छ ।

    व्रतालुहरू जागराम बसेर भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुने चलन छ।

    कात्तिकमा मनाइने छठ पर्वजत्तिको उल्लेख्य संख्यामा चैती छठ पर्व मनाउने नभए पनि बर्सेनि यसको संख्या बढ्दै गएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij