Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बुद्ध जन्मस्थल लुम्बिनीमा सरसफाई अध्ययन केन्द्र उद्घाटन

बुद्ध जन्मस्थल लुम्बिनीमा सरसफाई अध्ययन केन्द्र उद्घाटन

  • काठमाडौं । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं ५ ढोडहवामा ‘सरसफाइ अध्ययन केन्द्र’ को उद्घाटन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार उक्त केन्द्रको उद्घाटन गर्दै लुम्बिनी क्षेत्रलाई सरसफाईमा नमुना बनाउने दिशामा महत्वपूर्ण सुरुवात भएको बताए ।

    AGNI GROUP

    उनले वर्षेनी १३ देखि १४ लाखसम्म पर्यटक आउने लुम्बिनी क्षेत्रमा विगतमा फोहोरका कारण बिग्रिएको छवि अव छवि सकारात्मक रुपमा बदलिने विश्वास व्यक्त गरे ।

    ‘लुम्बिनी परिसर वरिपरि फोहोरका थुप्रा हुने, पर्यटकले नाकमुख छोपेर हिँड्नुपर्ने अवस्था थियो । अब त्यो परिस्थितिको अन्त्य हुँदैछ,’उनले भने ‘आज त्यो फोहोरलाई यहाँ ल्याएर मोहरमा परिणत गर्ने उद्देश्यका साथ यो काम अघि बढाइएको छ ।’

    मुख्यमन्त्री आचार्यले फोहोर व्यवस्थापन लुम्बिनी सांस्कृतिक नगरपालिकाको मात्र नभई प्रदेश सरकारको पनि साझा जिम्मेवारी भएको स्पष्ट पारे । उनले प्रदेश सरकारले यस्ता योजनाको कार्यान्वयनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यस आयोजनालाई प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गरे ।

    उनले ‘ग्रेटर लुम्बिनी’ अवधारणाअन्तर्गत आवश्यक बजेट सुनिश्चित भएको जानकारी दिँदै अब योजनाले पूर्णता पाउने विश्वास व्यक्त गरे । साथै, लुम्बिनीलाई हरित सहरका रूपमा विकास गर्न प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने उनले बताए ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र द कोकाकोला फाउन्डेसनको सहकार्यमा सञ्चालनमा आएको उक्त केन्द्रले फोहोर व्यवस्थापनलाई दिगो विकास र हरित अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको छ ।

    कार्यक्रममा प्रदेश सभा सदस्य रत्न खत्री र चन्द्रकेश गुप्ता, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक मेयर कल्पना हरिजन, यूएनडीपी नेपाल र द कोका–कोला फाउन्डेसनका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिले यो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij