Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भिरबाट लडेर मकवानपुरमा ९ वर्षीया बालिकाको मृत्यु

भिरबाट लडेर मकवानपुरमा ९ वर्षीया बालिकाको मृत्यु

  • काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जङ्गलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार घाँस काट्न गएकी सोही वडाको जातिपोखरी निवासी वीरेन्द्र वाइवाकी ९ वर्षीया छोरी लमिना वाइवाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

    AGNI GROUP

    घाँस काट्न गएको र फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा आज भिरबाट लडेर लमिनाको मृत्यु भएको अवस्थामा फेला परेको प्रनाउ बोगटीले बताए ।

    मृतक बालिकाको शवपरीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij