Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बर्दियामा अवरुद्ध सडक खुलाउने क्रममा झडप, ९ राउन्ड हवाई फायर

बर्दियामा अवरुद्ध सडक खुलाउने क्रममा झडप, ९ राउन्ड हवाई फायर

  • काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

    onlinepatrika
    Arghakhachi

    झडपको क्रममा करिब एक दर्जन प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी प्रमेश बिष्टका अनुसार दुई युवकको केही दिनअघि ज्यान गएको थियो ।

    AGNI GROUP

    सुतिरहेको अवस्थामा बेहोस भएको भन्दै सुरेश खटिक र बहुरोन खटिकलाई अस्पताल पुर्‍याइएको थियो । उनीहरूको मृत्यु भइसकेको छ । लागुऔषधका कारण मृत्यु भएको र भारतीय सीमा नाकाबाट खुलेआम लागुऔषध तस्करी भएको भन्दै स्थानीयले बाटो अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

    बाटो खुलाउने क्रममा प्रहरीसँग झडप भएको हो । प्रहरीमाथि आक्रमण गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको छ । स्थिति नियन्त्रणमा  लिन प्रहरीले ९ राउन्ड हवाई फायर समेत गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij