Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

यस्ता ठगपनि छन् शहरमा !

यस्ता ठगपनि छन् शहरमा !

  • काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ।

    onlinepatrika
    Arghakhachi
    इलाका प्रहरी कार्यालय दमकले कमल गाउँपालिका–६ गुवाबारीबाट खैरो हिरोइन सहित पक्राउ परेका लक्ष्मण राजवंशीलाई हिरासतबाट निकालिदिने आश्वासन दिलाई उनका दाजु रामप्रसाद राजवंशीसँग १ लाख ५० हजार रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

    ठगी गरि पक्राउ पर्नेमा दमक नगरपालिका–९ का ३० वर्षीय अरुण दनुवार र कमल गाउँपालिका–६ खैरबारी बस्ने ३२ वर्षीय सुमन खड्का रहेका छन्। पीडितले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई फागुन ८ गते पक्राउ गरेको हो।

    AGNI GROUP

    पक्राउ परेका दुवै जनालाई  मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभ कसुरमा जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij