Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । कर्णाली प्रदेश सरकारले चैते दशैं (चैत्र शुक्ल अष्टमी)को अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार चैत १२ गते बहिबार प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक विदा दिइने भएको हो ।
२०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विदा दिने निर्णय गरेको कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार बिकले जानकारी दिए । बैठकले राष्ट्रिय धान दिवसको अवसरमा जुम्ला जिल्लाका सरकारी तथा सार्वजनिक संस्थामा पनि सोही दिन सार्वजनिक विदा दिने निर्णय गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij