Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२१ गण हेडक्वार्टर दक्षिणकालीको २२ औं स्थापना दिवस

२१ गण हेडक्वार्टर दक्षिणकालीको २२ औं स्थापना दिवस

  • ललितपुर । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण हेडक्वार्टर दक्षिणकाली, ललितपुरको २२ औं स्थापना दिवस सम्पन्न भएको छ। स्थापना दिवसमा नेपाल सशस्त्र प्रहरी बलको नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा विशिष्ट अतिथि ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले गणको स्थापना दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य दिनु हुँदै जिल्ला सुरक्षा समितिमा रही सशस्त्र प्रहरी बल, नेपालले जिल्लाको समग्र शान्ति, सुरक्षा अमनचयन राख्नमा खेलेको भूमिका बारे बताउनुभयो । 

    AGNI GROUP

    कार्यक्रममा, गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेश कुमार तुम्बाहाङ्गफेले गणले प्राप्त जिम्मेवारीलाई उपलब्ध सिमित श्रोत साधनको अधिकतम उपयोग गरी सरोकारवाला अन्य निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गर्दै शान्ति सुरक्षा र अमन चयन कायम गर्न सशस्त्र प्रहरी बल, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रष्ट पार्नुभयो । 

    कार्यक्रममा वर्षभरिमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु तथा विभिन्न खेलकुद विधा तर्फ प्रथम हुने कर्मचारीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठद्वारा पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट