Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कार्की आयोग प्रतिवेदन : एआईजी शाहलाई कारबाही र पुरस्कार दुवै सिफारिस

कार्की आयोग प्रतिवेदन : एआईजी शाहलाई कारबाही र पुरस्कार दुवै सिफारिस

  • काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगलको प्रतिवेदन एकै व्यक्तिमाथि कारबाही र पुरस्कार दुवै सिफारिस गरेको भेटिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी प्रधान कार्यालयको कार्य विभागमा रहेका (हाल प्रहरी एकेडेमी) एआईजी सिद्धिविक्रम शाहलाई कारबाही र पुरस्कार दुबै सिफारिस गरिएको भेटिएको हो ।
    आयोगको प्रतिवेदनको पृष्ठ ६८९ मा एआईजी शाहलाई पुरस्कृत गर्नुपर्ने आयोगले औंल्याएको छ ।

    AGNI GROUP

    ‘२४ भदौमा टंगालको भाटभेटेनी र नक्लासको हिल्टन होटल जलाई प्रहरी प्रधान कार्यालय आक्रमण गर्न खोज्दा कार्य विभाग प्रमुख एआईजी शाहले आक्रमणकारीलाई मुल गेटभित्र प्रवेश गर्न नदिइ नेतृत्वदायी भूमिका निर्वाह गरी प्रहरी प्रधान कार्यालय पूर्ण रुपमा सुरक्षित राख्न सफल भएको हुँदा उनलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्नुवर्ने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।

    सँगै एआईजी शाहलाई आयोगले कारबाहीका लागि पनि सिफारिस गरेको छ । आयोगको पृष्ठ ७२५ मा कारबाही सिफारिस विवरणमा एआईजी शाहको नाम उल्लेख गरिएको छ । एआईजी शाहलाई विभाग कारबाहीका लागि सिफारिस गरिएको छ ।

    प्रहरी २०१२ को दफा ९ को उपदफा ९४० र प्रहरी नियमावलीको नियम १०९ अनुसार कारबाही कारबाही गर्नुपर्ने बताइएको छ । जहाँ कर्तव्य पालनामा देखिएको कमजोरी र निर्वाह गरेको भूमिकाका लागि कारबाही सिफारिस गरिएको उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij