Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शपथअघि हर्क- सरकारले राम्रो काम गरे हाम्रो समर्थन रहन्छ

शपथअघि हर्क- सरकारले राम्रो काम गरे हाम्रो समर्थन रहन्छ

  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले गर्ने राम्रो काममा आफ्नो पार्टीको सहयोग हुने बताएका छन्। शपथ लिन सिंहदरबार पुगेका अध्यक्ष साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले नराम्रो गर्न खोजे खबरदारी गर्ने बताए ।

    onlinepatrika
    Arghakhachi

    उनले भने, ‘हामी सरकारलाई प्रतिपक्षमा रहेर प्रश्न गर्छौँ सहयोग गर्छौँ। सरकारले गर्नुपर्ने काम जे छ त्यसलाई प्रतिपक्षले पनि सहयोग गरिरहेको हुन्छ। आलोचनाबाट पनि सिकिरहेको हुन्छौँ। विरोधहरूबाट पनि सिक्नुपर्छ। म कता जाँदै छु भन्ने कुराहरू हामीलाई निर्धारण गरिदिन्छ। त्यसले गर्दा हामी सरकारलाई सघाउने पक्षमा नै छौँ।’

    AGNI GROUP

    उनले राजनीति गर्ने मान्छेले सर्वोच्च पदमा पुग्ने उद्देश्य राख्नुपर्ने भएकाले भावी प्रधानमन्त्रीको रूपमा आफूलाई अघि सारेको बताए।

    भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकोबारे उनले भने, ‘मैले अहिले पनि भनिरहेको छु त्यो भन्न पाउँछ। राजनीति गर्ने मान्छेले सर्वोच्च स्थानमा पुग्ने उद्देश्य राख्छ, राख्नुपर्छ। यसलाई अन्यथा मान्नुभएन। पार्टीको अध्यक्ष भएको नाताले सबै अरूले पनि भनेको हो त्यसमा मैले पनि भनेँ त्यसमा ठुलो कुरा छ र ? जनताले जे निर्णय गर्नुभयो यसलाई हामीले सहर्ष स्वीकार्नुपर्छ सम्मान गर्नुपर्छ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij