Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दा आज पनि पेसी चढेको छ ।
‘हेर्दाहेर्दै’ रहँदै आएको उक्त मुद्दामा आज सर्वोच्च अदालतले आदेश दिने तयारी गरेको स्रोतले जनाएको छ । सर्वोच्च अदालतस्रोतका अनुसार दुई तर्फी बयान सकिएको अवस्थामा फेरि पनि मुद्दा लम्ब्याउनुपर्ने कारण नभएकोले सम्भवतः आज कुनै न कुनै आदेश आउने भएको हो ।
उक्त मुद्दा न्यायाधीशहरु विनोद शर्मा र अब्दुल अजीज मुसलमानको बेञ्चमा छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij