Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निजको प्रभावकारी र आवश्यक उपचारको व्यवस्था गर्न आदेश दिएको छ ।
आदेशमा भनिएको छ, 'प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरिदिएको छ ।' ओली र लेखकको तर्फबाट गणेश बहादुर ओली, बलराम सुवेदी, धर्मराज रेग्मी, डा. मुकुन्द अधिकारी, रमण कुमार कर्णसहितका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
अदालतले प्रतिवादीहरूलाई प्रहरी हिरासतमा राख्न माग गरिएको व्यहोरा मनासिव देखिएको उल्लेख गर्दै अनुसन्धान प्रक्रियालाई पूर्णता दिन म्याद थपको अनुमति दिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij