Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

श्रम स्वीकृति अब एक दिनमै

श्रम स्वीकृति अब एक दिनमै

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति अब एक दिनमै प्रदान गरिने भएकाे छ । श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न निर्देशन भए अनुसार आजैदेखि उल्लिखित कार्य प्रारम्भ गरिएको मन्त्रालयले जनाएकाे छ ।

    काठमाडौँ। मन्त्री दीपक कुमार साहको उपस्थितिमा आइतबार बसेको बैठकले सरकारद्वारा स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूचीमाथि छलफल गर्दै तत्काल कार्य योजना अघि बढाउने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पूर्वप्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य समाग्री निर्माण गरी डिजिटल मध्यममा उपलब्ध हुने व्यवस्था गर्ने र पूर्वप्रस्थान अभिमूखीकरण तालिमलाई पूर्ण रूपमा अनलाईन प्रणालीमा आधारित बनाउने मन्त्रालयकाे याेजना छ । 

    AGNI GROUP

    योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आवद्ध गर्न अभियान सञ्चालन गर्ने तथा श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने मन्त्रालयले जनाएकाे छ । 

    मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन न्यूनतम मापदण्ड तयार गर्ने, श्रमिकको न्यूनतम ज्याला पूर्ण रूपमा कार्यान्वयन गर्ने र कार्यस्थल सुरक्षा तथा स्वास्थ्यको अवस्था सुधार गर्ने विषयलाई प्राथमिकता दिएको छ ।

    658528626_1665215221583845_731851087120064684_n-1774799322.jpg
    undefined

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij