Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तस्करीको कुखुरासहित बोलेरो नियन्त्रणमा

तस्करीको कुखुरासहित बोलेरो नियन्त्रणमा

  • काठमाडौँ । भारतबाट अवैध रूपमा चोर बाटो हुँदै भित्र्याइएको बोइलर कुखुरा लोड गरिएको एक गाडीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट कुखुरा व्यवसायी संघको विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीले दुर्गा भगवती गाउँपालिका–३, मत्सरीस्थित गौर–गंगापिपरा सडक खण्डबाट उक्त गाडी नियन्त्रणमा लिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सोमबार बिहान ६ः४० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ५ च ३५६५ नम्बरको बोलेरो गाडीलाई प्रहरीले रोकेर खानतलासी गरेको थियो । उक्त गाडीमा ३५० पिस (करिब ७५० केजी) अवैध भारतीय बोइलर कुखुरा लोड गरिएको पाइएको छ ।

    AGNI GROUP

    प्रहरीले अनुसन्धानका क्रममा उक्त कुखुरा राजपुर नगरपालिका–५ स्थित मुस्कान पोल्ट्री फार्मबाट निकालेर गरुडा नगरपालिका–९ तर्फ लैजाँदै गरेको खुलेको छ । प्रहरीले गाडी चालक गरुडा नगरपालिका–९ का २६ वर्षीय अनवारुल हकलाई नियन्त्रणमा लिएको छ ।

    बरामद कुखुरा, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको इलाका प्रहरी कार्यालय गंगापिपराले जनाएको छ । जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटले अवैध आयात रोक्न प्रहरीलाई समन्वय गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij