Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनले सांसदहरूलाई सोधे- तत्काल के गर्नुपर्छ, भन्नुस्

बालेनले सांसदहरूलाई सोधे- तत्काल के गर्नुपर्छ, भन्नुस्

  • काठमाडौं । प्रदेशगत रूपमा सांसदसँग भेट्न थालेका प्रधानमन्त्री बालेन्द्र शाहले तीन किसिमबाट समस्या राख्न अनुरोध गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कोशी प्रदेशका सांसदहरूसँग छलफल गर्ने क्रममा उनले शुरुमै भने, ‘एकदम छोटोमा, टू दी पोइन्ट कुरा राख्नुस् ।’

    AGNI GROUP

    उनले तत्काल गरिहाल्नुपर्ने, बजेट आउनु अगाडिसम्ममा गर्दा हुने र बजेटमा व्यवस्था गरेर गर्नुपर्ने गरी तीन किसिमले आवश्यकताहरू प्रस्तुत गर्न भनेका थिए ।

    तत्काल गरिहाल्नुपर्ने जरुरी कामका लागि आवश्यक पर्ने बजेट पनि मिलाउन सकिने, तर कामका लागि काम नभएर जनताले काम गरेको अनुभूति हुने खालका कामका विवरण उनले माग गरेका थिए ।

    कतिपय जरुरी कामहरू आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गरेर अगाडि बढाउन सकिने कारण प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा तीन किसिमका कामहरूको सूची मागेका छन् ।

    सहभागी एक सांसदका अनुसार प्रायःले आवश्यकताहरू प्रस्तुत गरे । कतिपयले बुझेर रिपोर्ट दिने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट