Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्ने सूचना पुनः प्रकाशित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्नेबारे आइतबार जारी गरेको सुचना मन्त्रालयले सोमबार बिहानै हटाएको थियो । सोमबार साँझ मन्त्रालयले पुनः उक्त सुचना जारी गरेको हो ।

    AGNI GROUP

    सुचना अनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि त्यस्ता कक्षाहरु पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय तहका यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने, शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्‍याउने र अभिभावक तथा विद्यार्थीमा अनावश्यक आर्थिक बोझ थप्ने देखिएको छ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij