Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

  • काठमाडौं । गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शहीद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी हुन् । प्राधिकरणद्वारा हालै रोजगारी पाउने जेनजी शहीदका परिवारका सदस्यहरूको नामावली प्रकाशन गरेको थियो ।

    AGNI GROUP

    उक्त नामावलीमा शहीद साउदकी भाउजु सरस्वतीको नाम पनि उल्लेख गरिएको छ । प्राधिकरणले सरस्वतीसहित २७ जना जेनजी शहीदका परिवारका सदस्यलाई रोजगारी दिने उल्लेख गरेको छ ।

    शिवनाथ– २ शर्माली घर भएका दीपकको जेनजी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएको थियो । कृषि सहायकको अध्ययन गरेर उनी रोजगारीका लागि दक्षिण कोरिया जाने तयारी गरिरहेका थिए ।

    जेनजी आन्दोलनमा दीपकसिंह शहीद भएपछि सरकारले यसअघि नै उनीको परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको छ ।

    यस्तै शिवनाथ गाउँपालिकाले पनि शहीद परिवारलाई गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । गाउँपालिकाबाट सञ्चालन हुने उद्यमका कार्यक्रममा पनि शहीद परिवारलाई प्राथमिकतामा राखिएको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij