Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

काठमाडौंका तत्कालीन सीडीओ रिजालमाथि कुन मुद्दा चल्छ ?

काठमाडौंका तत्कालीन सीडीओ रिजालमाथि कुन मुद्दा चल्छ ?

  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा मंगलबार बिहान पक्राउ परेका काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालविरुद्ध प्रहरीले हेलचक्राई गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान अघि बढाउने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    मुलकी अपराध संहिता, २०७४ को दफा १८२ को उपदफा ९१० अनुसार रिजालमाथि अनुसन्धान हुने परिसरका एक अधिकृतले लोकान्तरलाई जानकारी बताए । उपदफा १ मा उल्लेख भएअनुसार कसुर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ । 

    AGNI GROUP

    जेनजी आन्दोलन घटनाको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले रिजालसँगै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्रका वर्तमान आइजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई एउटै कसुरमा अनुसन्धान गरी कारबाही सिफारिस गरेको थियो । 

    तर, मन्त्रीपरिषद् बैठकले सुरक्षाकर्मीको हकमा छुट्टै अनुसन्धान समिति बनाएर कारबाही अगाडि बढाउने भनेपछि हाललाई अर्याल र थापाको कारबाही रोकिएको छ । कार्की आयोगको प्रतिवेदनमा यी अधिकारीकै हेलचक्राईकै कारण किशोर किशोरीहरूको ज्यान गएको उल्लेख गरिएको छ ।

    रिजाललाई आज बिहान बानेश्वरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

    जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा प्रहरीले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । पक्राउ परेपछि ओली उपचारका लागि अस्पतालमा छन् भने लेखकलाई प्रहरी हिरासतमा राखिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij