Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आठ दिनपछि खुल्यो वडा कार्यालयको तालाबन्दी

आठ दिनपछि खुल्यो वडा कार्यालयको तालाबन्दी

  • काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ नम्बर वडा कार्यालयको ताला आठ दिनपछि खुलेको छ ।

    onlinepatrika
    Arghakhachi

    गत साता वडाका स्थानीयले सडक निर्माण, ढल निकास र खानेपानीलगायतका माग राखेर वडा कार्यालयमा तालाबन्दी गरेका थिए । बुधबार स्थानीय र वडा कार्यालयबीच स्थानीयका माग सम्बोधन गर्ने सहमति भएपछि वडा कार्यालयको ताला खुलेको वडा सदस्य मीना कुँवरले जानकारी दिइन् । “वडाका एक सातादेखि तालाबन्दी हुँदा सेवाग्राही समस्यामा परेका थिए”, उनले भनिन्, “स्थानीयका जायज माग सम्बोधन गर्ने सहमति गरेर वडाको सेवा सञ्चालन भएको छ ।”

    AGNI GROUP

    कार्यालय बन्द हुँदा दैनिक रूपमा आवश्यक पर्ने सिफारिस, प्रमाणपत्र, जन्मदर्ता लगायतका काम पूर्ण रूपमा बन्द हुँदा सेवाग्राहीले दुःख पाएको यहाँका स्थानीय डबलबहादुर सिंहले बताए ।

    भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नागरिकका माग सम्बोधन भएर प्रक्रिया अघि बढिसकेको जानकारी दिए । “उहाँहरूले सडक निमार्णको माग गर्नुभएको थियो, पालिकाबाट उक्त माग सम्बोधन भएर प्रक्रिया अघि बढिसकेको छ”, उनले भने, “पालिकाबाट सम्भव नभएका योजना प्रदेशको बजेटबाट पूरा गर्छौँ ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij