Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन हुने भएको छ।
बुधबार एमाले केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि निर्वाचन गर्न लागिएको हो । सर्वसम्मतका लागि रामबहादुर थापा ‘बादल’को नाम प्रस्ताव गरिएको थियो । तर सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेपछि चुनाव गर्न लागिएको सांसद सोम पोर्तेलले जानकारी दिए।
एमालेले केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा निर्वाचन कमिटी गठन गठन गरेको छ। निर्वाचन कमिटीले संसदीय दलको नेता चयनका लागि तयारी सुरु गरेको छ।
यसअघि रामबहादुर थापा ‘बादल’लाई संसदीय दलका नेता बनाउने तयारी थियो। तर, सुहाङ नेम्वाङले पनि दाबी गरेपछि निर्वाचन हुन लागेको हो।
आजको बैठकमा सुहाङले पनि संसदीय दलको नेतामा दाबी गरेको एमाले सांसद ऐनबहादुर महरले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij