Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी प्रदेश सांसद रेखा शर्मालाई रिहा गर्न सर्वोच्चले अस्वीकार गरेको छ।
दुवै जनाको तर्फबाट मंगलबार दायर भएको छुट्टा छुट्टै बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो।
खड्काको तर्फबाट पत्नी विनिता थापा र शर्माको तर्फबाट उनका श्रीमान् चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।
उनीहरूले गैरकानुनी रुपमा हिरासतमा राखिएकाले रिहा गर्न आदेश माग गरे पनि न्यायाधीश श्रीकान्त पौडेलको इजलासले त्यसलाई अस्वीकार गरेको हो।
खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको हो। शर्मालाई घरेलु हिंसा सम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै पक्राउ गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij