Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कर्णालीमा यातायात व्यवसायी आन्दोलित

कर्णालीमा यातायात व्यवसायी आन्दोलित

  • काठमाडौं । कर्णालीमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरीले सुर्खेत बसपार्कबाट पाँच जना यातायात मजदुर पक्राउ गरी मुद्दा चलाएको बिरोधमा कर्णालीमा सञ्चालन भएको सबै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    व्यवसायीहरूले शुक्रबारदेखि सबै सार्वजनिक यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन् । उनीहरुले प्रहरीले सार्वजनिक सवारीका चालक तथा मजदुरलाई दुस्ख दिएको आरोप लगाएका छन् ।

    AGNI GROUP

    यातायात व्यवसायीहरूले निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनहरूलाई नियन्त्रणमा लिनुपर्नेमा त्यसतर्फ कुनै कडाइ नगरी उल्टै सार्वजनिक सवारीमाथि मात्र दबाब सिर्जना गरिएको बताएका छन् ।

    कर्णाली प्रदेशका विभिन्न जिल्लामा रातो प्लेटका सवारी साधनले यात्री बोक्ने गर्दछन् । यातयात व्यवसायीले रातो प्लेटका सवारी साधनलाई रोक्नुको साटो उल्टो प्रहरीले संरक्षण गर्न खोजेको आरोप लगाएका छन् ।

    व्यवसायीको आन्दोलनका कारण शुक्रबारदेखि सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सम्पूर्ण सवारी सेवा प्रभावित भएका छन् ।

    प्रहरीले भने सुर्खेत बसपार्कमा यात्रु तानातान गरिरहेका पाँच जनालाई पक्राउ गरेको बताउदै यातायात व्यवसायीसँग यस विषयमा छलफल भइरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij