Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पोखरामा फेवा नव वर्ष महोत्सव हुँदै, तयारी तीव्र

पोखरामा फेवा नव वर्ष महोत्सव हुँदै, तयारी तीव्र

  • काठमाडौँ । हरेक नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने फेवा नव वर्ष महोत्सवको तयारी तीव्र बनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    होटल संघ पोखरा नेपालको आयोजनामा यही चैत २९ देखि वैशाख १ गतेसम्म हुन लागेको २१ औं संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी तीव्र पारिएको हो ।

    AGNI GROUP

    होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यही चैत २९ गतेदेखि सुुरु हुने फेवा नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए । वैशाख १ गतेसम्म खहरेचोक देखि सहिदचोकको बीच सडकमा सञ्चालन हुने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई महत्व दिएर महोत्सव सञ्चालन हुने उनले बताए ।

    महोत्सवको अवसरमा पर्यटकहरूलाई लक्षित गरी सांस्कृतिक कार्यक्रमसँगै, खाना प्रदर्शनी, परम्परागत पञ्चेबाजा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, कन्सर्ट प्रमुख आकर्षकको रूपमा राखिएको छ ।

    महोत्सव सफल बनाउन नेपालका विभिन्न सहरहरूमा पुगेर होटल संघ पोखराले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा जाउँ है पोखरा अभियानबाट फेवा नववर्ष महोत्सवको निमन्त्रणा गरेको छ ।

    महोत्सव अवधिभर करिब ३ लाख आन्तरिक तथा बाह्य पर्यटक पोखरा भित्र्याउने लक्ष्य राखिएको आयोजकले जनाएका छन् । होटल संघ पोखरा नेपालमा करिब ४ सय २५ वटा होटल आबद्ध छन् भने, १५ हजार बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij