Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह: हावाहुरीको जोखिम

रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह: हावाहुरीको जोखिम

  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रशासनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत एक सूचना जारी गरी तराईका भू–भागहरूमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको जनाएको हो। विशेषगरी रातिको समयमा मधेश प्रदेशका रौतहट, बारा, सर्लाही र महोत्तरी तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

    AGNI GROUP

    तीव्र गतिको हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना तथा घरको छाना उडाउने, र विद्युत् एवं सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको प्रशासनले उल्लेख गरेको छ । सम्भावित क्षतिबाट बच्न र सुरक्षित रहनका लागि आवश्यक सावधानी अपनाउन प्रशासनले सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij