Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मौसम

आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ?

  • काठमाडौं ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। 

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।  देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा चट्याङ्ग, असिना तथा हावाहुरीसहित मध्यम वर्षा र हिमपात हुनेछ ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक–दुई चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।  मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    AGNI GROUP

    आज राति देशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 

    कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भाग, कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।  मधेस र कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij