Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्छ : डंगोल

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्छ : डंगोल

  • काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन आपूर्तिमा सम्भावित चुनौती देखिएकाले महानगरका सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्नेमा जोड दिइन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार आयोजित ४८औँ नगर कार्यपालिका बैठकमा बोल्दै डंगोलले अहिलेको भूराजनीतिक अवस्थाका कारण अभाव र त्यसको प्रभाव विस्तारै देखिन थालेको बताएकी छन् ।

    AGNI GROUP

    उनले इन्धनबाट सञ्चालन हुने गाडीहरूका लागि तोकिएको कोटा आधा गर्न, सकेसम्म विद्युतीय ९इभी० सवारी साधन प्रयोग गर्न र अत्यावश्यक बाहेक अन्य अवस्थामा सवारी प्रयोग नगर्न अग्रह गरिन् ।

    त्यसैगरी, उनले महानगरका सबै विभागलाई आफ्नो कार्यक्रम र त्यसमा भएको खर्चको विवरण नियमित रूपमा उपलब्ध गराउन अनुरोध गरिन् ।
    बैठकमा काठमाडौंमा पार्किङ व्यवस्थापनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिइयो ।

    उक्त कार्यदलले अध्ययन गरी आगामी बैठकमा प्रतिवेदन पेस गर्नेछ । डंगोलले पार्किङलाई निषेध गर्नु भन्दा व्यवस्थित बनाउनु आवश्यक रहेको उल्लेख गरिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij