Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ

शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ

  • काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सुलभका बुवा शंकरलाल अग्रवाललाई विभागले शुक्रबार साँझ पक्राउ गरेको थियो । व्यापारी दीपक भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागले उनीसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

    AGNI GROUP

    सुलभ अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।

    शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij