Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको भनेर सञ्चारमाध्यममा सार्वजनिक जग्गा भाडामा लिएको पाइएको छ ।
तालको नक्सा देखाउने क्रममा सुधनले आफ्नो जग्गामा डोजर लगाउन आफूले अवरोध नगर्ने बताएका थिए । यसबारे बुझ्न खोज्दा सुधन सम्पर्कमा आएका छैनन् । यता जग्गाधनीले चाहिँ सम्पर्कमा आएर भाडा तिर्न आग्रह गरेका छन् ।
‘भाडा त नियम कानुनले त अहिलेसम्म दिनुपर्ने हो । उहाँ त झन् एकदमै स्थिति बसाल्ने, कानुन बसाल्ने भन्दै हिँड्नुभएको छ, तर आफ्नो सम्झौताको भाडाचाहिँ दिनुभएको छैन,’ अघि थपे, ‘गृहमन्त्रीज्यू सम्पर्कमा आउनुस् । तपाईंले चलाए चलाउनुस्, नचलाएचाहिँ त्यो कागज च्यातौँ ।’
जग्गा १५ वर्षका लागि भाडामा लिएका हुन् । केही संरचना निर्माण भएपछि सुधनले त्यसै छोडेर बाहिरिएका थिए । उक्त जग्गाको नापी दर्ताबारे भने अझै प्रस्ट भैसकेको छैन । केही जग्गा नापी भएको र केहीचाहिँ हकभोगका आधारमा सम्झौता भएको हुन सक्ने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij