Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौंमा समातिएका गुण्डागर्दी गर्ने ७६ जनाको हिरासत म्याद थप

काठमाडौंमा समातिएका गुण्डागर्दी गर्ने ७६ जनाको हिरासत म्याद थप

  • काठमाडौं । काठमाडौंमा चैत १९ र २० गतेगरी दुई दिनमा समातिएका ७६ जना गुण्डागर्दी तथा अभद्र व्यवहार गर्नेहरूको हिरासत म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरूको जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आइतबार हिरासत म्याद थप भएको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ७६ जनामध्ये ७० जनालाई अभद्र व्यवहार, तीन जनालाई जुवा र तीन जनालाई लुटपाट कसुरमा अनुसन्धान भइरहेको छ ।

    AGNI GROUP

    उनीहरूलाई प्रहरीले सार्वजनिक सुरक्षामा असर पर्नेगरी गुण्डागदी गर्ने, जुवा खेल्ने–खेलाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा यात्रुमाथि जोरजुलुम गर्ने, सर्वसाधारण तथा विदेशी नागरिकलाई अश्लील क्रियाकलापका लागि सार्वजनिक स्थलमै मोलमोलाइ गर्नेगरेको आरोपमा पक्राउ गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij