Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीन सातामा देशका २३ स्थानमा बर्डफ्लु देखियो

तीन सातामा देशका २३ स्थानमा बर्डफ्लु देखियो

  • काठमाडौं । पछिल्लो तीन सातामा देशका २३ स्थानमा बर्डफ्लु देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए । चैतअघि यस वर्ष बर्डफ्लु देखिएको थिएन।

    onlinepatrika
    Arghakhachi

    यस वर्ष पहिलोपटक चैत ६ गते मोरङको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो । यो महिना देशका पाँच जिल्लामा बर्डफ्लु देखिएको हो।

    AGNI GROUP

    डा. दाहालका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई स्थान, चितवनमा एक स्थान र काठमाडौंमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ । बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदिएको उनले जानकारी दिए।

    काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा बर्डफ्लु देखिएको थियो। सुनसरी, झापा र मोरङमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि ती जिल्लामा पशुपन्छी ओसारपसारमा प्रतिबन्ध लगाइएको महानिर्देशक डा.दाहालले बताए ।

    बर्डफ्लु देखिएका स्थानमा एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट गरिएको छ । “बर्डफ्लु देखिएको स्थानमा हामीले बर्डफ्लु क्षेत्र घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले ती पशुपन्छीलाई नष्ट गर्ने काम गरेको छ,’ उनले भने।

    सरकारले बर्डफ्लु देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्छ । त्यसबापत किसानलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij